राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नभएको  सञ्चार मन्त्री गुरुङको भनाइ

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको बताएका छ्न् ।

बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले अहिलेको सरकार नै राष्ट्रिय सरकार रहेको भन्दै अर्को राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको बताएका हुन् ।

उनले माओवादी सत्तामा आउने बित्तिकै गणतन्त्र बलियो हुन्छ भन्ने तर्क उचित नभएको बताए । त्यस्तै, सरकार परिवर्तनको हल्ला चलाउनु माओवादीको स्टन्डबाजी मात्रै भएको जिकिर गरे ।

उनले सरकार गठनका समयमा कांग्रेस र एमालेबीच भएको सहमतिमध्ये संविधान संशोधन मात्र हुन बाँकी रहेको र बाँकी सबै सहमति कार्यान्वयन भइरहेको उल्लेख पनि गरेका छ्न् ।