दाउन्नेमा भुस बोकेको ट्रक पल्टियो, पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा

भुस बोकेको ट्रक पल्टिएपछि पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध बनेको छ । बीच सडकमा ट्रक पल्टिएपछि अहिले एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

शनिबार बिहान प्र ३ – ०३००१ ख ०१५६ नम्बरको ट्रक दाउन्ने उकालोमा पल्टिएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट नारायणगढतर्फ जाँदै गरेको भुस बोकेको ट्रक अनियन्त्रित भएर बीच सडकमा पल्टिएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको र दुईतर्फी सडक सञ्चालनको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।