आज मार्च २४ अर्थात विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौंः आज मार्च २४ विश्व क्षयरोग दिवस ।

हरेक वर्ष क्षयरोग विरुद्ध जनचेतना जगाउँने उदेश्यले यो दिवस मनाइने गरिन्छ ।

यो वर्षको क्षयरोग दिवसको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने  रहेको छ

दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने दिनका रुपमा लिने गरिको छ ।

हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गरेको तथ्याङ्क छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२३ मा नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२९ रहेको थियो । त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ । जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ थियो ।

सोही अवधिमा, राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकमा ४० हजार ७ सय ७६ जना क्षयरोगी उपचारमा आएको जानकारी दिए। जसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष रहेका थिए ।