प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौं: प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका हुन् ।

आजै यसअघि बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूको विरोधपछि बैठक स्थगित गरिएको थियो ।

यस्तै, लगत्तै आजै बसेको दोस्रो बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका हुन् ।

सभामुख देवराज घिमिरेले विपक्षी दलहरूलाई बैठक अवरोध नगर्न आग्रह गरिरहेका छन् ।