राजवादीको आन्दोलनमा तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्राहार

काठमाडौं: राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनर्स्थापनाको माग राख्दै तिनकुनेमा हुने भनिएको सभामा सुरु नै नभैइ तनाव उत्पन्न भएको छ ।

प्रहरीसँगको धकेलाधकेलले बढे पछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर पारेको थियो । लगत्तै एक घरमा तोडफोड र आगजनी भएपछि थप तनाव बढेको हो ।

राजावादीहरुले तीनकुनेमा गर्न लागेको सभा सुरु नै नभई सभा समेत बिथोलिएको छ ।