राजतन्त्रले शिर उठाउनु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नु: विष्णु पौडेल

काठमाडौं: अर्थमन्त्री विष्णु पौडेलले राजतन्त्रले शिर उठाउनु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुभएको टिप्पणी गरेका छ्न् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले नेपालमा फेरि राजतन्त्र कहिल्यै शासनसत्तामा आउन नसक्ने टिप्पणी गरेका हुन् ।

राजतन्त्रले आफ्नो औचित्यमाथि प्रश्न खडा गरेका कारण नेपाली समाजबाट सदाका लागि विदा भएर गएको राजतन्त्रको विद्रुप अनुहार गत शुक्रबार सडकमा देखिएको पनि बताए । उक्त आन्दोलनले राजावादीहरु हिंसा, आतंक, लुटपाट र नागरिकको मौलिक हकको विरुद्धमा रहेको देखिएको बताए ।

उनले गणतन्त्रवादी दलहरुलाई जनताको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर अघि बढ्ने अभिभारा रहेको बताउनुभयो ।

उनले भने- “समाप्त भएको राजतन्त्र जसरी आज शिर उठाउने कोशिस गर्दैछ, यो वास्तवमा समसानघाटबाट मुर्दालाई ब्युताउँने कोशिसजस्तै हो। नेपालमा राजतन्त्र कहिल्यै पनि फर्कन सक्दैन, नेपालमा राजतन्त्र कहिल्यै पनि शासन सत्तामा आउन सक्दैन, यो कुरामा हामीले कुनै पनि दुविधा राख्नु हुँदैन, जहाँसम्म राजतन्त्रवादीहरुको कुरा छ राजतन्त्रका हिमायतीहरुको कुरा छ उनीहरुको वास्तविक चरित्र के हो ? राजतन्त्रको विद्रुप अनुहार सडकमा देखिएको छ ।”

राजतन्त्रवादीहरु हिंसाका पक्षमा छन्, आतंकको पक्षमा छन्, राजतन्त्रवादीहरु लुटपाटको पक्षमा छन् र राजतन्त्रवादीहरु नागरिकको मौलिक हकको विरुद्धमा छन् भन्ने देखिएको उहाँको

नेपाली जनता लुटतन्त्रको पक्षमा, हिंसाको पक्षमा, अधिनायकवादको पक्षमा कहिले पनि हुन सक्दैनन् भन्ने छर्लङ्ग छ, उनले भने ।

दलहरुले जनताका आवश्यकता र आकंक्षाहरुलाई ठिक ढंगले सम्बोधन गर्दै सबै प्रकारका विभेद र असमानताहरुलाई समाप्त पार्नेगरी अगाडि बढ्न जरुरी रहेको पनि धारणा व्यक्त गरे ।