काठमाडौं: तिनकुनेमा हत्या गरिएका एभिन्यूजकर्मी सुरेश रजकको शवको पोस्टमार्टम बुधबार मात्रै हुने भएको छ ।
पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको रजको शबको एक्स रे गर्नुपर्ने तर, अस्पतालको एक्स रे मेशिन बिग्रेको कारण शवको पोस्टमार्टम बुधबार मात्रै हुने भएको हो ।
त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका चिकित्सकहरूले एक्स रे मेशिन बिग्रिएका कारण बुधबार मात्रै पोस्टमार्टम गर्ने बताएको रजको परिवारले बताएको छ ।
तिनकुनेमा जिउँदै जलेर मृत्यु भएका रजकको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार पत्र पठाएको थियो ।
चिकित्सकहरूको टोलीले रजकको मृत्यु गोली लागेर भएको हुन सक्ने हल्ला चलेकाले एक्स रे गरेर मात्र पोस्टमार्टम गर्ने निर्णय गरेका हुन् ।
यसअघि प्रहरीले गोली लागेको भनी चलाइएको हल्लाको खण्डन गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको थियो ।
रजकको शरीरको ७० प्रतिशत भाग जलेको छ ।


















