मिनबहादुर गुरुङद्वारा तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजक र महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने

काठमाडौं: भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले तीनकुने घटनामा मृत्यु भएका एभिन्युज टीभीका पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।

बुधबार बिहान कोटेश्वर भाटभटेनी परिसरमा एक कार्यक्रम गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले रजकको परिवारलाई पाँचलाख र महर्जनको परिवारलाई तीनलाख रुपैयाँ सहयोग गर्ने बताए ।

उनले चैत १५ गते भएको प्रदर्शनका बेला भाटभटेनी सुपरमार्केटे्सको कोटेश्वर स्टोर्समा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।

बुधबार भएको कार्यक्रममा भाटभटेनीले तोडफोडका बेलामा उच्छृङ्खल गतिविधि रोक्ने सुरक्षा गार्ड, निर्माण कार्यमा संलग्न कर्मचारीलगायतलाई नगदसहित सम्मान पनि गरेको छ ।