तीनकुने घटना छलफल गर्न संसदीय समितिमा लेखकलाई बोलाउने निर्णय

काठमाडौं:  संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय गरेको छ ।

गृहमन्त्रीलाई आगामी शुक्रबार (चैत २२ गते) को बैठकमा बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार, बैठक बिहान ११ बजे बस्ने तय भएको छ । त्यस बैठकमा चैत १५ गतेको तीनकुने घटनाबारे छलफल हुनेछ ।

आजको बैठकमा समितिका सदस्यहरूले तीनकुने घटनाबारे सरकारले जवाफ दिनुपर्ने माग राखेका थिए ।