तोलामा ७ सयले घट्यो सुन

काठमाडौं: नेपाली बजारमा सोमबार सुनको मूल्य घटेर कारोबार भएको छ ।

सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ८०० रुपैयाँ कायम छ । आइतबार अर्थात चैत २४ गते छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यही चैत २१ गते सुनको मूल्य तोलाको हालसम्मकै उच्च एक लाख ८० हजार ३०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।