काठमाडौं: त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवान छिन् ।
उनलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
थाइ एअरको उडानमार्फत काठमाडौं आएकी उनक लगेजबाट ६ किलो गाँजा प्राप्त भएको हो ।
उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाईको छ ।


















