गाँजा र पेस्तोलसहित रौतहटबाट एक युवक पक्राउ

काठमाडौं : लागुऔषध गाँजा र कटुवा पेस्तोलसहित रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरी रहेका छन् ।

उनलाई प्रहरीले रौतहट-४ स्थित रहेको झोलुङ्गे पुलको बाटो हुँदै लागुऔषध गाँजा १ सय ९ किलोग्राम र कटुवा पेस्तोलका साथै त्यसमा लाग्‍ने चार थान गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका उनी झोलुङ्गे पुलको बाटो हुदै लागु औषध गाँजा ओसारपोसार गरी भारततर्फ लैजादै गरेको अवस्थामा भेटिएका थिए।

प्रहरी उनीहरुलाई पछयाउदै जादा सावन गिरीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका गिरीको साथबाट ८ एमएम के एफ लेखिएको ३ थान गोलि र १ थान गोलि लोड रहेको कटुवा पेस्तोल फेला परेको हो।साथै अन्य फरार रहेका व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गिरीलाई लागु औषध तथा हातहतियार खरखजाना कसुर अन्र्तगत मुद्दामा म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।