वैशाख ७ गते निषेधित क्षेत्रमा राप्रपाले प्रदर्शन गर्ने निर्णय

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बिहीबारको कार्यसम्पदान समितिको बैठकको निर्णय सुनाउँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने बताएका हुन् ।

लिङ्देनले भने – “वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । ९ गते ७७ जिल्लामा विरोधसभा, धर्ना, प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।”

उनले सरकारले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार संकुचित गरेको आरोप पनि लगाए । उनले निषेधित क्षेत्र तोक्दै मौलिक अधिकारलाई संकुचित बनाउँदै लगेको बताउदै, त्यसको विरुद्ध निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने निर्णय गरे प्रष्ट पारे ।

यसैगरी, बैठकले उपत्यकामा वडा तहसम्म पुग्ने र संगठनलाई मजबुत बनाउने निर्णय गरेको जानकारी गराएछ । साथै, चैत १५ गते तीनकुने घटनामा पक्राउ परेका पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहितलाई रिहाइ गर्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।