काठमाडौं: नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
आज सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो सुनको मुल्य हालसम्मकै उच्च हो । यही वैशाख ४ गते छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुँदै उच्च मूल्य कायम भएको थियो ।
आइतबार (वैशाख ७) भने छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको महासंघले जनाएको छ ।
चाँदी भने आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















