कक्षा १२ को परिक्षा सर्‍यो, वैशाख २१ गतेदेखि गर्ने निर्णय

काठमाडौं:  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे पूर्वनिर्धारित परीक्षा सार्ने जनाएको छ ।

मंगलबार साँझ बसेको बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।

यही वैशाख ११ गते हुने भनिएको परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको  बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् ।

“शिक्षक महासंघसँग पनि अनुरोध गरेका थियौँ, कतिपय विद्यार्थी परीक्षा केन्द्रमा जान नसकेको कारण पनि सुन्यौँ, प्रधानमन्त्रीसँग सल्लाह गरेर केही दिन सार्ने तयारी गरेका हौँ,” उनले भनेका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा बोर्डका पदाधिकारीलाई बालुवाटारमा  बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएका थिए ।

परीक्षा तालिका भने भोलि अर्थात बुधबार मात्रै सार्वजनिक हुनेछ ।