रघुजी पन्त बने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

काठमाडौं: नेकपा (एमाले) का सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षा मन्त्री नियुक्त गरेका हुन्।

विद्या भट्टराईले सोमबार शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

साथै प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्।