सुनको मूल्यमा भारी गिरावट

काठमाडौं: नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।

हिजो मंगलबार तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको सुनको मुल्य आज ७ हजार ५ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलाको १ लाख ९७ हजा ९ सय पुगेको थियो ।

यस्तै मंगलबार १० रुपैयाँ वृद्धि भएको चाँदी आज ५ रुपैयाँले घटेको छ । आज तोलाको १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।