काठमाडौं: नेपाल फार्मेसी परिषद्को अध्यक्षमा प्रज्वलजंग पाण्डे नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज मन्त्रिस्तरीय निर्णय गर्दै पाण्डेलाई आगामी चार वर्षका लागि परिषद्को अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।
यसअघि पनि पाण्डे परिषद्को अध्यक्ष थिए । यो उनको दोस्रो कार्यकाल हो ।
पाण्डेले अघिल्लो कार्यकालमा फार्मासिष्ट तथा फार्मेसी सहायकको दर्ता परीक्षा व्यवस्था सुरु गरेका थिए ।
यस्तै सीपीडी तालीम, फार्मेसीहरुमा बस्ने फार्मासिष्ट तथा फार्मेसी सहायकलाई ड्रेसकोड सम्वन्धी व्यवस्था लगायतका कामहरुको सुरुवात गरेका थिए ।


















