निजामती अस्पतालमा विद्यालय तहका शिक्षक–कर्मचारीले उपचार सहुलियत पाउने

काठमाडौं: विद्यालयका शिक्षक-कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन्।

सरकार र शिक्षक महासंघबीच भएकाे ९ बुँदे सहमति मन्त्रिपरिषद्ले पारित गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका मागसँग सम्बन्धित ९ बुँदामा निर्णय गरेको हो ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगितको निर्णय गरिएको छ ।

सहमति पछि मन्त्रिपरिषद्को बैठक बसेको र त्यसले विद्यालय तहका शिक्षक तथा कर्मचारीको उपचारमा निजामती अस्पतालमा छुट सेवा उपलव्ध गराउने निर्णय भएको छ ।

शिक्षकहरूसँग भएका ९ बुँदे सहमतिकाे पहिलाे बुँदामा
शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा, काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गरिने जनाएको हो ।