श्रद्धा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

मुम्बईः बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन् । यो फिल्मले कीर्तिमानी कमाई गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन्।

हालै एकता कपुरले श्रद्धा कपूरलाई आफ्नो एउटा फिल्ममा कास्ट गरेको खबर आएको थियो । यो फिल्मका लागि श्रद्धा कपुरले आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार श्रद्धा कपुरले एकताको यो फिल्मको लागि १७ करोड भारु पारिश्रमिक लिएकी छिन् । पारिश्रमिकबाहेक अभिनेत्रीले सम्झौतामा नाफाको अंश पनि मागेकी छिन् । जसअनुसार उनले फिल्म रिलिज पछि केही प्रतिशत नाफा पनि पाउने छिन् । यो भारतीय फिल्ममा महिला कलाकारले लिएको सबैभन्दा धेरै पारिश्रमिक हो ।

तर, फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । यो फिल्म हाल प्रि–प्रोडक्सन चरणमा छ र यो वर्षको मध्यबाट सुटिङमा जाने पक्कापक्की भएको छ ।
रिपोर्टका अनुसार श्रद्धा कपुरले खासमा ‘स्त्री २’का लागि ५ करोड भारु लिएकी थिइन् । अब श्रद्धा कपुरले आफ्नो पारिश्रमिक एकै पटक १२ करोड बढाएर १७ करोड रुपैयाँ पु¥याएकी हुन् । स्त्री २ पछि यो श्रद्धा कपुरको ठुलो प्रोजेक्ट हो । श्रद्धा कपूरले स्त्रीः ३ मा पनि काम गर्ने भएकी छिन् । यो हरर कमेडी अगस्ट २०२७ मा रिलिज हुने बताइएको छ।