महिलाहरुमा थाइराइडको समस्या जटिल बन्दै, परिक्षणमा जोड दिन चिकित्सकहरुको सुझाव

काठमाडौं: पछिल्लो समय थाइराइड समस्या बढ्दै गएको  चिकित्सकहरु बताउँछन् । जस्का लागि जीवन शैलीमा परिवर्तन तथा हरेक वर्ष थाइराइड परिक्षणको आवश्यक भएको चिकित्सकहरुले औलाए ।

विश्व थाइराइड दिवसको अवसर पारेर डाइबेटिज एण्ड इन्डोक्राइनोलोजी एसोसिएसन नेपाल (डिईएन)ले शनिबार गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।

थाइराइडका बारेमा अहिले पनि सचेतना कम हुँदा परिक्षणको दाएरामा पुग्न नसक्दा समस्या थप जटिल बन्दै गएको चिकित्सक बताउँछ्न् । जसका लागि सचेतता आवश्यक भएको चिकित्सकहरुको भनाइ छ ।

एसोसिएसनका अध्यक्ष डा. अमित शाक्यका अनुसार थाइराइड रोग नै भनेर बुझ्नु भन्दा पनि हर्मोनमा आउने गडबडीले देखिने एक समस्या भनेर बुझ्न आवश्यक भएको औलाए । उनले हर्मोनमा आउने गडबडी नियन्त्रणका लागि तनाव  नलिने , तौललाई नियन्त्रणमा राख्ने जस्ता जीवन शैलीमा ध्यान दिन सुझाए ।

एसोसिएसनका महासचिव डा. भोजराज अधिकारीले पुरुषको तुलनामा महिलामा बढी थाइराइडको समस्या हुने बताए ।महिलाहरुमा हर्मोनको उतार चडाब बढी हुने कारण महिलाम थाइराइडको समस्या बढी देखिने उनले जानकारी दिए ।

त्यस्तै, थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. सन्तोष शाक्यले  थाइराइड हाईपो र हाईपर गरी दुई प्रकारको हुने बताए । उनले हार्मोन बढी भएमा हाईपर थाइराइड हुने बताउँदै  यसलाई कम गरेर व्यालेन्समा ल्याउन पर्ने बताए ।यसैगरी हार्मोन कम भएका कारण देखिने हाईपो थाईराड्मा हार्मोन बढाउने औषधीको सेवन बाट व्यालेन्समा ल्याउन सकिने बताए । साथै हाईपरमा केही समय औषधी सेवन पछि रोक्न पनि सकिने तर हाईपोमा भने जीवनभर औषधी सेवन गर्नु पर्ने जानकारी गराए ।

के हो थाइराइड ?
थाइराइड भनेको एउटा ग्रन्थी हो। यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ। यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ। थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो।

हाइपो थाइरोइडिज्मका लक्षण
महिनावारी नियमित नहुने
मोटोपना
शरीर सुन्निने
दिक्क लाग्ने
अनावश्यक जाडो हुने
कपाल झर्ने
प्रजनन् क्षमतामा कमी आउने

हाइपर थाइरोइडिज्मका लक्षण
एकदमै दुब्लाउने
मुटुको धड्कन बढ्ने
शरीरको तापक्रम बढ्ने
भोक बढी लाग्ने तर दुब्लाउने
दिसा बढी लाग्ने
महिनावारी गडबडी
मन आत्तिने
मानसिक तनाव बढी हुने
कपाल झर्ने

थाइराइडका कारण मधुमेह, उच्च रक्तचापको जोखिम पनि उतिकै हुने हुँदा समयमा परिक्षण गरी उपचार गराएमा थाइराइडका साथै यसबाट निम्तने अन्य समस्याबाट पनि जोगिन सकिने चिकित्सक चिकित्सक बताउँछ्न् ।