काठमाडौं: सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो ।
चाँदीको भाउ प्रतितोला १० रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९९५ रुपैयाँ रहेको छ ।


















