सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौंः मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ।

आज सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ। सोही परिमाणको चाँदी १० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको छ।

त्यसैगरी एक तोला चाँदीको मूल्य दुई हजार पाँच रुपैयाँ निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।