नेपालमै पढेका चिकित्सक लैजाने देशसँग रोयल्टी लिने व्यवस्था गर्दै स्वस्थ्य मन्त्री पौडेल

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा पढेका चिकित्सकलाई रोजगारीका लागि लैजाने देशसँग रोयल्टी लिने व्यवस्था गरिने घोषणा गरेका छन् ।

‘अध्ययनका लागि विदेश जानेहरूमा यो नीति लागू नहुने तर रोजगारीका लागि जानेमा मात्र लागू गर्ने तयारी रहेको मन्त्री पौडेलले जनाएका छन् ।

मन्त्री पौडेलले नेपालमा तयार भएका दक्ष चिकित्सक विदेश जाने समस्यालाई उजागर गर्दै भने- “हाम्रो विद्यार्थी स्कलरशीपमा एमबीबीएस पास गर्छ । योग्य, दक्ष रूपमा देशले उत्पादन गरेपछि अमेरिका लगायतका विकसित मुलुकमा जान्छन्।”

देशले उत्पादन गर्न योगदान गरे बापत केही रोयल्टी प्राप्त गर्नुपर्ने उनको तर्क छ । पौडेलले भने-  “हामीले योग्य, दक्ष बनाएर तयार गरेको जनशक्तिलाई सिधैं काममा लगाएपछि रोल्यटी तिनु पर्दैन ।”

मन्त्री पौडेलले यस विषयमा नीतिगत व्यवस्था मिलाउनका लागि छलफल अगाडि बढाउने बताएका छ्न् ।