सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढ्यो

काठमाडौं: नेपाली बजारमा मंगलबार (जेठ २०) सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ७०० रुपैयाँ कायम छ । सोमबार (जेठ १९) छापावाल प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको दुई हजार ४५ रुपैयाँ कायम गरेको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।