काठमाडौंको बूढानीलकण्ठमा दुईजनाको शव फेला

काठमाडौं: काठमाडौंको बूढानीलकण्ठमा दुईजनाको शव फेला परेको छ ।

प्रहरीले यसलाई ‘शंकाकस्पद घटना’ भनेको छ ।

धादिङ बैरेनीकी अन्जना पाख्रिन र एकजना भारतीय नागरिक परम नारायण गिलको शव फेला परेको काठमाडौं प्रहरीका एसपी अपिल बोहोराले जानकारी दिएका छन् ।

उनका अनुसार उनीहरु दुवैजनाको शव घरभित्र फेला परेको हो । धादिङकी पाख्रिन भारतीय नागरिक गिलले नै सञ्चालन गर्दैै आएको प्रेसमा काम गर्ने गरेको पाइएको छ । उनीहरु सुनीता सिंह ठकुरीको घरमा बस्दै आएको पाइएको छ ।

घटनास्थल हेर्दा पाख्रिन (तामाङ) कोठाको सोफामाथि मृत अवस्थामा रहेको, उनको टाउकोमा चोट देखिएको र परमनारायण गिलको उक्त भुइँमा मृत अवस्थामा भेटिएको र उनको घाउचोट नदेखिएको प्रहरीले जानकारी गराएको छ ।