नेप्से परिसूचक २४.७६ अंकले घट्यो

काठमाडौं: धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २४.७६ अंकले घटेको छ ।

आज नेप्से परिसूचक २,६२८.९१ विन्दुमा बन्द भएको हो ।

नेप्से परिसूचक घटे पनि कारोबार भने रकम बढेको छ । आज दुई अर्ब १४ करोड रुपैयाँले बढेर ११ अर्ब २३ करोड १४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार नौ अर्ब आठ करोड ५८ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ४७ कम्पनीको सेयरमूल्य बढेको छ । अन्य, २०१ कम्पनीको सेयरमूल्य घटेको छ । जसमा पियोर इनर्जीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक २.४७ प्रतिशतले घटेको छ ।