काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा खेतमा धान रोपेका छन्।
राष्ट्रपति पौडेल शीतल निवास परिसरमा आयोजित रोपाइँमा सहभागी भएर पौडेलले धान रोपेका हुन् ।
राष्ट्रपति पौडेलले रोपाइँपछि भने- “धान उत्पादनलाई प्रवर्द्धन गर्नु र कृषिप्रति सबैको सम्मान अभिवृद्धि गर्नु आवश्यक छ। अबको खेती व्यवसायिक र पोषणयुक्त हुनुपर्छ।”
रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत पनि सहभागी थिए ।
आज असार १५ को दिन धान रोपाइँसँगै दहीचिउरा खाने प्रचलन रहिआएको छ ।



















