काठमाडौं: काठमाडौंस्थित धरहरा अबदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ ।
साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिएका हुन् ।
उनका अनुसार, अब सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइनेछ । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि अब खुला हुने मन्त्रालयका प्रवक्ता मैनालीले बताए।
धरहरा अहिले दैनिक बिहान १० देखि अपराह्न ४ बजेसम्ममात्र खुला रहने गरेको छ । अहिले सार्वजनिक बिदाको दिन धरहरा बन्द हुन्छ ।
शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।


















