बैतडी: बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
डिलाशैनी गाउँपालिका–३, गिरीबगर निवासी केशव कोलीका १३ वर्षीय छोरा किरणको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गर्न गएका किरणले नजिकैको विद्युत् पोलमा छुन पुगेपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
उनलाई उपचारका निम्ति गोकुलेश्वर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।


















