जनार्दन शर्माले मागे प्रचण्डको राजीनामा

काठमाडौं: जेनजी आन्दोलनले पुराना पार्टी र तिनको नेतृत्वको औचित्य नै नरहेको भन्दै पुनर्गठनको बहस चलिरहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।

पार्टीभित्र केही समयदेखि रुपान्तरणको कुरा गर्दै आएका शर्माले जेनजी आन्दोलनपछि नेतृत्वको औचित्य नरहेको भन्दै राजीनामा मागेका हुन् ।

उनले यस विषयमा पार्टी पंक्तिमा छलफल समेत चलाउन सुरु गरेका छन् ।

छलफलमा शर्माले भने-, “जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको छ, नयाँ नेतृत्व खोजेको छ, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।”

अहिलेको परिस्थितिमा पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,’ शर्माले भने ।

भ्रष्टाचार र सुशासनका मागसहित जेनजी युवाहरुले सामाजिक सञ्जालमार्फत् अभियान चलाएर भदौ २३ गते काठमाडौंमा प्रदर्शन गरेका थिए ।