प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगंगा अस्पताल पुगिन्

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगंगा अस्पताल गएकी छन् ।

प्रधानमन्त्री कार्कीले आज तिलगंगा पुगी आँखाको नियमित जाँच गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

वरिष्ठ नेत्रविशेषज्ञ डा. सन्दुक रुइत र डा. रिता गुरुङले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको अस्पतालले जनाएको छ ।

आँखाको उपचारका क्रममा तीन महिनाअघि उनको मोतिबिन्दु को शल्यक्रिया गरिएको थियो ।