सुनचाँदीकै मूल्य हालसम्मकै उच्च विन्दुबाट घट्यो

काठमाडौं: नेपाली बजारमा आज सुनचाँदीकै मूल्य हालसम्मकै उच्च विन्दुबाट घटेको छ ।

सुन प्रतितोला एक हजार रुपैयाँ घटेर दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंगलबार सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुबाट ४५ रुपैयाँ घटेर दुई हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।