काठमाडौँ: नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
दिनदिनै सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रममा बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको हो ।
यसअघि मंगलबार सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो । यस्तै बुधबार छापावाल सुन १० ग्रामको १ लाख ९१ हजार १८५ रुपैयाँ कायम भएको छ ।
यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ


















