काठमाडौं: पशुपतिनाथको मणि मुकुट, कबज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कबज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना आदि सामग्री सर्वसाधारणलाई प्रदर्शन गरिएको हो ।
आज बिहान १०ः०० देखि ११ः३० बजेसम्म सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कबज, एकमुखे रुद्राक्षलगायत धार्मिक तथा प्राचीन महत्वका गरगहना प्रदर्शन गरिएको थियो ।
सुरक्षा निकायको सहयोगमा गरगहना प्रदर्शन गरिएको हो ।
पशुपतिनाथ मन्दिर पुगेका भक्तजनहरुले भगवान पशुपतिनाथको नागमणि, मुकुट, कबज, एकमुखे रुद्राक्षको दर्शन गर्न पाउँदा आनद प्राप्तिका सथै हर्ष महसुस गरेको बताए ।
त्यसैगरी, मार्गशीर्ष कृष्ण आमावास्याका दिन अर्थात भोलि (मङ्सिर ४) बिहीबार बिहान ९ः०० देखि ११ः४५ बजेसम्म पनि नागमणि, मुकुट, कबज, एकमुखे रुद्राक्षलगायतका गरगहना देखाईने छ ।


















