प्रतिनिधिसभा बैठक आज बस्दै, कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री साह

काठमाडौं: सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

संसद् सचिवालयका अनुसार बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। साथै सांसदहरूले दर्ता गरेका संशोधन प्रस्तावमाथि पनि छलफल हुने जनाइएको छ।

यसैगरी, छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने पनि कार्यसूचीमा उल्लेख गरिएको छ।
यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।