सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य, नेपाल–भारतबीचकै विषय हो : भारत

काठमाडौं: नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य रहेको भारतले स्पष्ट पारेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवाद समाधानमा बेलायतको समेत भूमिका हुनसक्ने अभिव्यक्ति दिएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले सीमा सम्बन्धी विषयहरू दुई देशबीचकै द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने बताएका हुन्।

भारतले नेपाल–भारत सीमाको करिब ९८ प्रतिशत भाग सीमांकन भइसकेको दाबी गर्दै बाँकी विवादित खण्डहरू गण्डक नदीको बहाव परिवर्तन तथा सीमापार अतिक्रमणजस्ता कारणले उत्पन्न भएको जनाएको छ। ती क्षेत्रको संयुक्त नक्साङ्कन दुवै देशले गरिरहेको पनि भारतको भनाइ छ।

प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको हुनसक्ने टिप्पणी गरेपछि विपक्षी दलहरूले संसद्मा विरोध जारी राखेका छन्।