काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग पुनः दोहोर्याएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै पार्टी अध्यक्ष साम्पाङ ले सभामुखले उक्त अभिव्यक्ति हटाउने निर्णय कहिले गर्छन् भन्ने प्रतीक्षामा रहेको बताएका हुन्।
उनले भने, “प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका थियौं। सभामुखज्यूले कहिले आदेश दिनुहुन्छ भनेर हामी पर्खिरहेका छौं।”
प्रधानमन्त्री बालेनले जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्तिलाई लिएर श्रम संस्कृति पार्टीले निरन्तर आपत्ति जनाउँदै आएको छ।
साथै, पार्टीले उक्त भनाइ संसदीय अभिलेखबाट हटाउनुपर्ने अडान कायम राखेको छ।




















