विदेशी मुद्राको नयाँ दर निर्धारण, युरो १७३ रुपैयाँभन्दा माथि

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (आइतबार) को  विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकले निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा कायम भएको छ।

यस्तै, अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिददर १०६ रुपैयाँ ४६ पैसा तथा बिक्रीदर १०६ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, युरोपियन युरो १ को खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा कायम गरिएको छ भने युके पाउण्ड स्टर्लिङ १ को खरिददर १९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २०० रुपैयाँ १३ पैसा रहेको छ।

राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न सकिने जनाएको छ।