आज सुन २ लाख ८७ हजार ३ सय, चाँदी ४ हजार ६९० रुपैयाँ

काठमाडौं: सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको हो।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार भने सुनको भाउ २ लाख ९३ हजार २ सय रुपैयाँ प्रतितोला रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ५० रुपैयाँले बढेको छ। अघिल्लो दिन ४ हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६९० रुपैयाँ प्रतितोला कायम गरिएको महासंघले जनाएको छ।

गत आइतबार चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ प्रतितोला थियो।