माइक्रोसफ्टले टिकटक किन्ने ट्रम्पको सङ्केत

टिकटक किन्ने सङ्केत

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकी व्यापार किन्नसक्ने सङ्केत गरेका छन् ।

ट्रम्पले टिकटक किन्ने बिडिङ युद्ध हेर्न चाहेको बताएका छन् ।

पत्रकारहरुले ट्रम्पलाई सोधेका थिए – “माइक्रोसफ्टले अमेरिकामा टिकटक किन्ने कुरा भइरहेको छ ?”
जवाफमा उनले भने – “हो । टिकटकमा धेरै रुचि छ ।”

गत हप्ता ट्रम्पले टिकटकलाई काम गर्न ७५ दिनको समय दिँदै कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यस अवधिमा यसलाई अमेरिकी कम्पनीलाई बेच्नुपर्ने बताएको थियो । यसो भएन भने यसलाई प्रतिबन्ध लगाइनेछ ।

यसअघि अमेरिकी सर्वोच्च अदालतले टिकटकमा प्रतिबन्ध लगाएको थियो ।