काठमाडौंः पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको एक आवासीय बस्तीमा सोमवार आगलागी हुँदा पाँच जनाको मृत्यु र ३१ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
यो घटना पाकिस्तानको मुल्तान जिल्लामा भएको हो ।
तरल पेट्रोलियम ग्यास कन्टेनरको चुहावटबाट भएको ठूलो विस्फोटले उपत्यका हल्लाएको जिल्ला प्रहरी स्रोतले बताएको छ ।
प्रहरीले व्यापक अग्नि नियन्त्रक प्रयास छि आगो नियन्त्रणमा लिइएको पुष्टि गरेको छ ।


















