काठमाडौं: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ।
गत शुक्रबारको तुलनामा सुन प्रतितोला रु १,९०० र चाँदी प्रतितोला रु ४० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २,८४,००० कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ४,२४० निर्धारण गरिएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु २,८२,१०० र चाँदी प्रतितोला रु ४,२०० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४,०३१ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


















