कप्तान एन्जिला आज नेपाल आउँदै

एन्जिला नेपाल आउँदै

काठमाडौं ः नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीका लागि खेल्न आज नेपाल आउँदै छिन् ।

हाल ग्रीसमा व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला इन्टरनेशनल वुमन्स च्याम्पियनसिप पुटबल प्रतियोगिता खेल्न नेपाल आउन लागेकी हुन् ।
एन्जिला तुम्बापो एयर अरेबियाको फ्लाइटबाट आज दिउँसो १ बजे काठमाडौँ आइपुग्ने एन्फाले जनाएको छ ।

युरोपमा खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी एन्जिलाले ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट खेल्दै आएकी छन् ।

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फागुन ५ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुँदैछ ।
जहा नेपालसहित म्यानमार, लेबनान कीर्गिस्तान सहभागी छन् ।