विपिन जोशीको रिहाइका लागि पहल, नेपाल सरकारद्धारा कतार र इजिप्ट सरकारसँग फेरि पनि आग्रह ।

विपिन जोशी

काठमाडौंः कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन नेपाल सरकारले कतार र इजिप्ट सरकारसँग फेरि पनि आग्रह गरेको छ । नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन सरकारले आग्रह गरेको हो । ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन १५ महिनादेखि हमास लडाकु समूहको कब्जामा रहेका ठानिएको छ ।

 

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी हुन् ।