काठमाडौंः काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको औलाएकी छिन् ।
सोमवार काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औ राष्ट्रिय अधिवेशनमा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।
उनले व्यवसायीहरु पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेष्टुरेण्डहरुले गुणस्तरमा ध्यान दिन पर्ने जनाएकी छिन् । उनले पछिल्लो समय गुणस्तरका विषयमा प्रश्नहरु उठ्दै आएकाले त्यसमा विचार पु¥याउन समेत व्यवसायीहरुलाई आग्रह गरेकी छिन् । उनले हाटेल तथा फास्ट फुडहरु ठूलो स्पेस र पूर्वाधारका कारण मात्रै पाँच तारे हुन नसक्ने बताउँदै पाँच तारे हुनको लागि गुणस्तरीय हुन आवश्यक रहेको बताएकी छिन् ।
काठमाडौ महानगरले फास्ट फुडहरुमा विभिन्न खालका स्टार स्टिकरहरु राख्ने अभियानमा रहेको जनाउँदै उनले महानगरले राम्रो काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन गर्ने प्रतिवद्धता समेत जाहेर गरिन् ।


















