राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संघीय संसद भवनको अवलोकन

काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन् ।

सोमवार सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनको राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले काम कारबाही गुणस्तरीय पाएका र नेपालको अहिलेसम्मको भवन निर्माणको क्रम हेर्दा सो भवन नेपाली शैलीमा बनेको सबैभन्दा ठूलो भवन आयोजना रहेको उल्लेख गरे ।

अवलोकनको क्रममा उनले आउँदो अधिवेशनसम्म सो भवन प्रयोग गर्नसक्ने गरी काम अघि बढाउन निर्देशन दिएको समेत उनले बताए  ।

भवन अवलोकनका क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्रालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

सघीय संसद भवन नहुँदा ०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ ।