काठमाडौं: आगामी निर्वाचनमा नयाँ पुस्तालाई अवसर दिनु पर्ने नेपाली काँग्रेस रामेछापका युवाहरुले माग गरेका छ्न् ।
शनिबार आयोजित एक कार्यक्रममा नेपाली काँग्रेस रामेछापका युवाहरुले आगामी प्रतिनिधिसभा निर्वाचनमा युवाहरुलाई नेतृत्वको अवसर दिनुुपर्नेमा माग गरेका हुन् ।
जेनजी आन्दोलनपछि राजनीतिमा युवाहरूकाे खाेजी भइरहेको हुँदा ‘युवा नेतृत्व’ को बहस आवश्यक भएको भन्दै समेत उनीहरुले औलाएका छन् ।
कार्यक्रममा उनीहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण हुनुपर्ने माग पनि गरेका छन ।
नेपाल तरुणदलका केन्द्रिय सदस्य रमेश खड्काको संयोजकत्वमा भएको कार्यक्रममा उपस्थित युवाहरुले देशको सबैभन्दा ठूलो जनसांख्यिक संरचना युवामै भएकोले नेतृत्व प्रणाली पुनव्र्यवस्थित गर्न दबाब दिने निष्कर्ष पनि निकालेका छन् ।
यसैगरी, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सुशिलहरि बख्रेलले पार्टीहरूसँग आबद्ध युवा संगठन र विद्यार्थी संगठनहरूले आगामी निर्वाचन तथा पार्टी महाधिवेशनहरूमा युवा पुस्तालाई अग्रभूमिमा ल्याउन जोड दिएका छ्न् ।
नयाँ पुस्तासँग प्रविधि, विश्वसन्दर्भको बुझाइ, व्यवहारिक नेतृत्व शैली र परिवर्तनका लागि आवश्यक ‘ऊर्जा र गति रहेको भन्दै रामेछापका युवाहरुले अहिले नेतृत्वमा रहेकाहरुले यो कुरालाई बुझेर ‘युवा नेतृत्व’लाई जोड दिनुपर्ने बताए ।
कार्यक्रममा तरुणदलका केन्द्रिय सदस्यहरु कमान खड्का(दिपेन्द्र), योगेश श्रेष्ठ, विनिती खड्का, नेविसंघका केन्द्रिय सदस्यहरु नारायण श्रेष्ठ, विष्णु खड्का, विष्णुहरि खड्का, चन्द्र थापा मगर, लोकतान्त्रिक खेलकुद समिति रामेछापका अध्यक्ष पुष्कर पौडेल लगायतको उपस्थिती रहेको थियो ।


















