सुख्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध

राजमार्ग अवरुद्ध

सङ्खुवासभा कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सोम्बुङ डाँडामा सुख्खा पहिरो खसेको छ । शुक्रबार ११ बजे तिर सडकभन्दा माथिबाट खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन वारपार गर्न सकेको छैन । करिब ३५ मिटर माथिबाट खसेको सुख्खा पहिरोले २० मिटर भन्दा बढी कच्ची सडक अवरुद्ध पारेको छ ।