सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला रू एक लाख ५६ हजार छ सयमा कारोबार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : काठमाडौं स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ ।

सुनको मूल्य प्रतितोला रू एक हजार तीन सय र चाँदी रु ५० ले बढेको छ ।

बिहीबार प्रतितोला रू एक लाख ५६ हजार छ सयमा कारोबार भएको थियो ।

शुक्रबार प्रतितोला रू एक लाख ५७ हजार नौ सयमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रू ५० बढेको छ ।

शुक्रबार स्थानीय बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय ८० मा कारोबार भइरहेको भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ घटेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य दुई हजार सात सय १४ दशमलव ९८ अमेरिकी डलरमा कायम भएको छ ।